जलपाईगढीको बन्द रायपुर चियाकमान खोलिनुपर्ने मागमा श्रमिकहरूद्वारा ज्ञापन

जलपाईगढी : बन्द रायपुर चियाकमान खोलिनुपर्ने लगायत विविध मागलाई लिएर चियाकमानका श्रमिकहरूले आज जलपाईगढी जिल्लाशासकलाई ज्ञापन पत्र चढाए। प्राप्त जानकारी अनुसार जलपाईगढी सदर ब्लकको रायपुर चियाकमान लगभग 20 वर्षदेखि बन्द अवस्थामा रहेकोले लगभग 6 सय श्रमिकहरू लगायत धेरै परिवार समस्यामा परेका छन्। चिया श्रमिकहरूको आरोप अनुसार यस्तो परिस्थितिमा राज्य सरकारद्वारा प्रदान गरिने रासन प्राप्त गरे तापनि केन्द्र सरकारद्वारा प्रदान गरिने रासन ठीकसँगले पाएका छैनन्। उक्त चियाकमानमा नयाँ मालिकको माग गर्दै श्रमिकहरूले विविध विषयलाई लिएर क्षोभ प्रकट गरे। यसपछि तिनीहरूले जलपाईगढी जिल्लाशासक कार्यालयमा पुगेर ज्ञापन पत्र चढाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *