जलपाईगढीको छोबाभिटा इलाकामा चितुवाको आतङ्क

जलपाईगढी : जलपाईगढी रानीनगर संलग्न छोबाभिटा इलाकामा चितुवाको आतङ्क देखा परेको छ। यसैले गर्दा चिया श्रमिकहरूले कमानमा चियापत्ती टिप्न बन्द गरे। स्थानीय गजेन्द्रनाथ रायले बताएअनुसार आज बिहान चिया श्रमिकहरूले कमानमा चियापत्ती टिपिरहेको समय चितुवा देखेपछि वन विभाग तथा पुलिसलाई खबर दिए। घटनाको खबर पाएर बेलाकोवा स्क्वाडका कर्मीहरू घटनास्थलमा पुगे। यस सम्बन्धमा बेलाकोवा स्क्वाडका कर्मी साइमुल हलले बताएअनुसार चियाकमानमा चितुवा देखा परेको खबर पाएपछि कमानमा पुगेर श्रमिकहरूलाई त्यहाँबाट हटाएर चितुवाको खोजी शुरू गरे तापनि हालसम्म चितुवा फेला परेको छैन। यसैले उक्त चियाकमानमा चितुवा पक्रिनको लागि खोर थापिने भएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *