जलपाईगढी कोभिड अस्पतालको सीसीयु-मा थप 20 वटा बेड बढाइने

जलपाईगढी : जलपाईगढी विश्वबाङ्ग्ला क्रीडाङ्गणको कोभिड अस्पतालको सीसीयुमा बेड बढाइने भएको साथै अस्पतालका चिकित्सक तथा नर्सको संख्या पनि बढाइएको जिल्ला स्वास्थ्य कार्यालयले दावी गरेको छ। सहरमा दिनप्रतिदिन कोरोना संक्रमणको संख्या बढिरहेको छ। जलपाईगढी जिल्लामा हालसम्म 1 हजार 6 सय 99 जना कोरोना संक्रमित भइसकेका छन् भने तीमध्ये 1 हजार 2 सय 8 जना उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन्। यसबाहेक हालसम्म 13 जनाको मृत्यु भइसकेको छ। हाल जलपाईगढी जिल्लामा कोरोना संक्रमितहरूको संख्या बढिरहेको छ भने अस्पतालको सीसीयुमा रोगीहरूको संख्या पनि बढिरहेको छ। यसैलाई ध्यानमा राखेर सीसीयुमा 20 वटा बेड बढाइने भएको छ। उत्तरबंगालमा कोरोना मामिलाको देखरेखको लागि  राज्य सरकारद्वारा नियुक्त ओएसडी डा. सुशान्त रायले बताएअनुसार हाल अस्पतालमा 18 वटा बेड रहेको छ भने अझै 20 वटा बेड बढाइनेछ। यसबाहेक अस्पतालमा 22 जना नर्स रहेको छ भने अझै 5 जना ट्रेनी नर्स नियुक्त गरिएको छ। यसको साथै चिकित्सकहरूको संख्या पनि बढाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *