जलपाईगढीको दसदरगा इलाकामा सडक दुर्घटना, भाग्यले बाँचे मानिसहरू

राजगञ्ज : जलपाईगढीको दसदरगा इलाकामा एउटा ट्रेलर दुर्घटनाग्रस्त भएको छ। तीव्र गतिमा आइरहेको 14 चक्के ट्रेलर एउटा लेनबाट अर्को लेन पार गरेर सोझै बजारमा पस्दा मानिसहरू भाग्यले बाँचे। प्राप्त जानकारी आज 11 बजी एउटा ट्रेलर सिलगढीबाट जलपाईगढीतर्फ जाने क्रममा दसदरगा इलाकामा ट्रेलर अनियन्त्रित भएर सोझै सडक किनारमा रहेका दोकानहरूमा पस्दा दोकानमा रहेका मानिसहरू भाग्यले बाँचे। घटनामा वाहन चालक घाइते भएपछि तिनलाई उद्धार गरेर जलपाईगढी सुपर स्पेशिलिटी अस्पतालमा पठाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *