जलपाईगढीको एउटा चारतले भवनमा आगलागी

जलपाईगढी : जलपाईगढीको दिनबजार इलाकाको मारवाडीपट्टीस्थित एउटा चारतले भवनमा आज बिहान आगलागी हुँदा सर-समानहरू जलेर खरानी भएको छ। आगलागीबारे अग्निशमन विभागलाई खबर दिएपछि दमकलको दुईवटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। के कारणले गर्दा उक्त आगलागी भएको हो भन्नेबारे छानबीन भइरहेको छ भने सर्ट सर्किटको कारण उक्त आगलागी भएको हुनसक्ने दमकल कर्मचारीहरूले प्राथमिक अनुमान लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *