जलपाईगढीको काली मन्दिरमा चोरी

जलपाईगढी : जलपाईगढीको न्यु टाउनपाडास्थित आनन्दमयी काली मन्दिरमा चोरी भएको छ। आज बिहान सबैभन्दा पहिला स्थानीय मानिसहरूले उक्त मन्दिरमा चोरी भएको थाहा पाए। तिनीहरूको भनाइअनुसार गत राति केही दुष्कृतिहरूले उक्त मन्दिरको गेटमा लगाइएको ताला भत्काएर माताको बहुमूल्य सुनको गर-गहना लगायत पुजाको भाँडाकुडा चोरी गरेर चम्पट कसेको बताइएको छ। घटनाको खबर पाएर जलपाईगढी कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर छानबीन शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *