जलपाईगढीको करला नदीबाट अज्ञात महिलाको शव उद्धार

जलपाईगढी : जलपाईगढीको करला नदीबाट अज्ञात महिलाको शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार स्थानीय मानिसहरूले आज करला नदीमुनि एउटी महिलाको मृतदेह देखेपछि जलपाईगढी कोतवाली थानालाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि जलपाईगढी सदर अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *