जलपाईगढीको राजबारीमा मनसा पुजाको आयोजना

जलपाईगढी : जलपाईगढी राजबारीको मनसा पुजाले 514 वर्षमा पाइला टेकेको छ। जलपाईगढीको बैकुण्ठपुर राजबारीको मनसा पुजाले 514 वर्षमा पाइला टेकेको उपलक्ष्यमा 5 दिने मेलाको आयोजना गरिएको छ। नियम अनुसार आज बिहानैदेखि राजबारीमा मनसा पुजा शुरू भएको छ भने तीन दिनसम्म पुजा चल्नेछ। आज बिहानैदेखि पुजामा भक्तजनको घुइँचो लागेको छ। राजपरिवारका सदस्यहरू आज बिहानैदेखि पुजामा उपस्थित छन्। राजबारीमा मनसा पुजाको उपलक्ष्यमा प्रत्येक वर्ष मिलन मेलाको आयोजना गर्ने गरिन्छ भने यस वर्ष पनि मेलाको आयोजना गरिएको छ। एक समयमा लगभग 1 महिनासम्म मेलाको आयोजना गर्ने गरिन्थ्यो। राज्यको सबै जिल्लाहरू लगायत असमबाट पनि मानिसहरू मेलामा आउने गर्थे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *