जलपाईगढीको सबै आसनमा भाजपाको जीत सुनिश्चित : सायन्तन बसु

जलपाईगढी : आउँदो 2021-को विधानसभा चुनाउमा जलपाईगढीको सबै आसनमा भाजपाले जीत हासिल गर्ने राज्यका भाजपा महासचिव सायन्तन बसुले दावी गरे। तिनले आज बिहान जलपाईगढी सहरको पान्डापाडा इलाकामा चिया चर्चा कार्यक्रममा अंश ग्रहण गरे। यस अवसरमा जिल्ला भाजपा सभापति बापी गोस्वामी, भाजपा नेता दीपेन प्रामाणिक, युवा मोर्चा जिल्ला सभापति पलेन घोष लगायत स्थानीय भाजपा नेता तथा कर्मीहरू उपस्थित थिए। गत लोकसभा चुनाउमा भाजपाले जलपाईगढी जिल्लाको राजगञ्ज विधानसभा बाहेक जिल्लाको 6 वटा विधानसभा केन्द्रमा विपुल भोट हासिल गरेर विजयी बनेको तिनले बताए। यसबाहेक भाजपाले राज्यका सत्तारूढ़ दलको उत्पीड़न र भ्रष्टाचार समाप्त गरिदियोस् भन्ने जिल्लाका मानिसहरूले चाहना रहेको तिनले यस अवसरमा बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *