जलपाईगढीको श्मशान घाटमा कोरोनाले मर्नेहरूको दाह संस्कारको विरोधमा ओर्लियो इलाकावासीहरू

जलपाईगढी : कोरोना संक्रमितहरूको मृत्यु भएपछि जलपाईगढी मसकलाईबारीस्थित श्मशान घाटमा जलाउन नपाउने भन्दै आज इलाकावासीहरूले आन्दोलन गरे। प्राप्त जानकारीअनुसार जलपाईगढी नगरपालिकाले आज उक्त विषयलाई लिएर स्थानीय मानिसहरूसित एउटा बैठक गर्ने भएको थियो। तर नगरपालिकाका सदस्यहरू नआएपछि स्थानीय मानिसहरूले जलपाईगढी-सिलगढी राष्ट्रिय राजमार्ग अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। स्थानीय मानिसहरूको भनाइअनुसार उक्त इलाकाको धेरैजसो महिलाहरू अन्यको घरमा काम गर्ने गर्दछन्। उक्त इलाकामा रहेको श्मशान घाटमा कोरोना संक्रमित भएर मर्नेहरूको दाह संस्कार गर्ने गरेकोले तिनीहरूलाई कामबाट निकालिदिएको बताइएको छ। यसले गर्दा तिनीहरूले निक्कै समस्या भोग्न परिरहेकोले गर्दा नै इलाकावासीहरूले उक्त श्मशान घाटमा कोरोना संक्रमित भएर मर्नेहरूको दाह संस्कार नगर्ने माग गरेका छन्। घटनाको खबर पाएर कोतवाली थानाको विशाल पुलिस वाहिनी तथा नगरपालिका प्रशासक बोर्डका सदस्यहरू घटनास्थलमा पुगे। जलपाईगढी नगरपालिकाको प्रशासक बोर्डका सदस्य सैकत च्याटर्जीले सबै सरकारी नियम पालन गर्दै प्रशासनको निर्देश अनुसार उक्त श्मशान घाटमा कोरोना संक्रमितहरूको मृतदेह जलाउने गरेको बताए। यसको साथै उक्त इलाकामा दिनहुँ सेनिटाइज गर्ने गरे तापनि यहाँका मानिसहरूलाई बुझाउन समस्या भएको बताउँदै तिनले स्थानीय मानिसहरूसित कुराकानी गरेर समस्याको समाधान गरिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *