जलपाईगढीमा 100 किलो गाँजासहित चारजना पक्राउ

जलपाईगढी : जलपाईगढीको कोतवाली पुलिसले लगभग 100 किलो गाँजासहित 4 जना युवकलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा आज आईसी अर्घ्य सरकारको नेतृत्वमा विशाल पुलिस वाहिनीले जलपाईगढीको पहाड़पुर संलग्न राष्ट्रिय राजमार्गमा अभियान चलाएर एउटा पिकअप भ्यान र अन्य एउटा वाहनलाई रोकेर छानबीन गर्दा लगभग 100 किलो गाँजा उद्धार गरेको बताइएको छ।


यसको साथै पुलिसले दुवै वाहनबाट मोठ 4 जनालाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार असमबाट सिलगढी हुँदै उक्त गाँजा बिहारतर्फ लैजाने योजना रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *