जलपाईगढीमा 187 जना पुरोहित तृणमूलमा सामेल

जलपाईगढी : विधानसभा चुनाउ अघि 187 जना पुरोहित तृणमूल कांग्रेसमा सामेल भएका छन्। जलपाईगढी सहरको थाना मोडमा आज दिउँसो एउटा कार्यक्रमबीच जिल्ला युवा तृणमूल सभापति सैकत च्याटर्जीले तिनीहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। जलपाईगढी पुरोहित समाज जनकल्याण समितिका पुरोहितहरूले आज एउटा र्‍यालीको आयोजना गरेर यहाँको थाना मोडमा पुगे। यसपछि समितिका 187 जना पुरोहितहरू तृणमूल कांग्रेसमा सामेल हुनको साथै आफ्ना विविध मागहरू रहेको एउटा ज्ञापन पत्र जिल्ला युवा तृणमूल सभापति सैकत च्याटर्जीलाई सुम्पेको बताइएको छ। अर्कोतिर, भत्ताको प्रलोभन देखाएर पुरोहितहरूलाई तृणमूल कांग्रेसमा सामेल गराएको भाजपाले अभियोग लगाउँदै साधारण मानिसहरूले तृणमूलको झुटो वाचामा विश्वास नगर्ने बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *