जलपाईगढीमा 40 लाख मूल्यको विदेशी रम-रक्सीसहित 2 जना पक्राउ

जलपाईगढी : जलपाईगढी आबकारी विभागले तस्करी गर्न अगावै लगभग 40 लाख रुपियाँको विदेशी रम-रक्सीसहित 2 जना युवकलाई पक्राउ गरेपछि आज अदालतमा पेश गर्यो। प्राप्त जानकारीअनुसार जलपाईगढीको पहाड़पुर इलाकाको राष्ट्रिय राजमार्गमा आबकारी विभागले अभियान चलाएर लगभग 40 लाख रुपियाँको विदेशी रम-रक्सी उद्धार गरेको बताइएको छ। आबकारी विभागले दिएको जानकारीअनुसार अरूणाचलबाट एउटा वाहनमा लादेर विदेशी रम-रक्सी लगिरहेको गोप्य सुइँको पाएपछि आबकारी विभागका अधिकारीहरूले अभियान चलाएर उक्त वाहनलाई रोकेर छानबीन गर्दा विभिन्न कम्पनीको विदेशी रम-रक्सी उद्धार गरेको बताइएको छ। आबकारी विभागको जलपाईगढी सदर ओसी सुशान्त बक्सीले बताएअनुसार जफत गरेको उक्त विदेशी रम-रक्सी अरुणाचल प्रदेशको रहेको साथै उक्त घटनामा उत्तर प्रदेशका एकजना युवक र स्थानीय एकजना युवकलाई पक्राउ गरेको छ। तथापि, जाँचको लागि आरोपीहरूको नाम उजागार गरेको छैन। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *