जलपाईगढीमा आग्नेयास्त्र उद्धार, जाँचमा जुट्यो पुलिस

जलपाईगढी : जलपाईगढी कोतवाली थाना पुलिसले 4 राउण्ड जिउँदो कार्तुस सहित एउटा पाइप गन उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार जलपाईगढी सदर ब्लकको दशदरगा इलाकाको राष्ट्रिय राजमार्ग नजिक रहेको कब्रिस्तानबाट 4 राउण्ड जिउँदो कार्तुस सहित एउटा पाइप गन उद्धार गरेको बताइएको छ। कसले उक्त पाइप गन र कार्तुस त्यहाँ राखेको भन्ने बारे हालसम्म थाहा लागेको छैन।


असामाजिक कार्य गर्ने उद्देश्य लिएर उक्त पाइप गन र कार्तुस त्यहाँ राखेको हुनसक्ने पुलिसले अनुमान लगाएको छ। यस सम्बन्धमा जलपाईगढी कोतवाली थानाका आईसी अर्घ्य सरकारले 4 राउण्ड जिउँदो कार्तुस र एउटा देशी पाइप गन जफत गरेर घटनाको जाँच शुरू गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *