जलपाईगढीमा अधिक वर्षा सहित आँधी तूफानले धेरैवटा घर क्षतिग्रस्त

जलपाईगढी : जलपाईगढी सहर संलग्न पातकाटा नवापाड़ामा गत राति अधिक वर्षा सहित आँधी तूफानले गर्दा धेरैवटा घर क्षतिग्रस्त बनेको छ। प्राप्त जानकारीअनुसार गत राति अत्याधिक वर्षाले गर्दा उक्त इलाकामा धेरैवटा घर क्षतिग्रस्त बन्नको साथै रुखहरू लडेर धेरै क्षति पुर्‍याएको छ। ग्रामीणहरूको भनाइअनुसार गत राति अधिक वर्षा सहित आँधी तूफानले गर्दा धेरैवटा घर क्षतिग्रस्त भएको छ भने यसबारे ग्राम पञ्चायत प्रधानलाई जानकारी दिइसकेको छ। पञ्चायत प्रधानले क्षतिग्रस्त परिवारलाई सहयोगको गुहार लगाएका छन्। घटनाको खबर पाएर इलाकाको सत्ताधारी पार्टीका नेता तथा कार्यकर्ताहरू घटनास्थलमा पुगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *