जलपाईगढीमा भयावह आगलागीमा 7 वटा दोकान जलेर खरानी

जलपाईगढी : जलपाईगढी टिबी अस्पतालपाडा इलाकामा आज बिहान भयावह आगलागी हुँदा 7 वटा दोकान जलेर खरानी भएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले जलपाईगढी टिबी अस्पतालपाडा इलाकामा रहेको दोकानहरूमा आगो लागेको देखेपछि तत्कालै अग्निशमन विभाग र पुलिसलाई खबर दिए।


घटनाको खबर पाएर दमकलको दुईवटा इञ्जिन घटनास्थलमा पुगेर घण्टौँको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याए तापनि 7 वटा दोकानमा रहेको सबै समानहरू जलेर खरानी भएको बताइएको छ। सर्ट सर्किटले गर्दा उक्त आगलागी भएको हुनसक्ने पुलिस तथा दमकल कर्मीहरूले अनुमान लगाएका छन्। पुजा अगावै आगलागीको कारण धेरै क्षति भएकोले दोकानेहरू चिन्तिन बन्न पुगेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *