जलपाईगढीमा विभत्स वाहन दुर्घटना, 13 मरे, 18 घाइते

जलपाईगढी गत राति जलपाईगढी जिल्लाको धुपगढी राष्ट्रिय राजमार्गमा भएको वाहन दुर्घटनामा 13 जनाको मृत्यु भएको छ भने अन्य 18 जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार रातिको समय अत्याधिक कुइरो लागेको कारणले गर्दा नै उक्त दुर्घटना भएको बताइएको छ। मर्ने 13 जनामध्ये 6 जना महिला, 2 जना पुरुष अनि 5 जना बाल-बालिकाहरू सामेल छन्। दुर्घटनापछि घाइतेहरूलाई तत्कालै जलपाईगढी सुपर स्पेसिलियटी अस्पतालमा लगेपछि हाल तिनीहरू चिकित्साधीन अवस्थामा रहेका छन्। उक्त दुर्घटना गत राति जलढका ब्रिज नजिक राष्ट्रिय राजमार्गमा घटेको बताइएको छ।    


अर्कोतिर, उक्त दुर्घटनामा मर्नेहरू प्रत्येकलाई केन्द्र सरकारको तर्फबाट 2 लाख रुपियाँ तथा घाइतेहरू प्रत्येकलाई 50 हजार रुपियाँको आर्थिक सहयोगको घोषणा गरिएको छ। यसबाहेक उक्त विभत्स दुर्घटनालाई लिएर देशका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर दुर्घटनामा प्राण गुमाउनेहरूप्रति शोक प्रकट गर्नको साथै घाइतेहरूलाई चाँडै सुस्वास्थ्य हुने कामना गरेका छन्। अर्कोतिर, राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले पनि उक्त दुर्घटनामा शोक व्यक्त गर्दै मर्नेहरू प्रत्येकलाई अढाई लाख रुपियाँ अनि घाइतेहरूलाई 50-50 हजार रुपियाँ दिइने घोषणा गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *