जलपाइगढीमा विद्युत मरमतिको समय दुर्घटनामा परेर एकजना रेलकर्मीको मृत्यु, तीनजना घाइते

जलपाइगढी: रेलवेको विद्युत लाइनमा मेनटेनेन्सको काम गर्ने एकजना रेलकर्मीको आज मृत्यु भएको तथा अन्य तीनजना घाइते भएको घटना प्रकाशमा आएको छ। मृतकको नाम निशाकर चन्द्र कुमार रहेको छ भने अन्य घाइतेहरूमा सत्यजीत शाहा, अनिल कुमार सिंह र अविनाश कुमार सामेल छन्। प्राप्त जानकारी अनुसार जलपाइगढी रोड स्टेशन नजिक विद्युतको काम गरिरहेको समयमा आज उक्त घटना भएको हो भने घटनास्थलमा नै एकजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई तत्कालै जलपाइगढी सुपर स्पेशिलिटी अस्पतालमा भर्ना गरिएको छ। उक्त घटना रेलवेको लापरवाहीको कारणले भएको हुन सक्ने आशंका गरिए तापनि यसबारे रेलवेले कुनै कुरा बोल्न चाहेको छैन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *