जलपाईगढीमा व्यक्तिको शव उद्धार

जलपाईगढी : जलपाईगढीको 24 नम्बर वार्डको देशबन्धुपाडामा रहेको एउटा बन्द घरभित्रबाट एकजना व्यक्तिको मृतदेह उद्धार गरेको छ। मृतक व्यक्ति 34 वर्षीय उडिस्सा निवासी दुष्शासन बारिकको रूपमा चिन्हित गरिएको छ। तिनी कामले गर्दा जलपाईगढीको देशबन्धुपाडा निवासी सुमित भट्टाचार्यको घरमा भाडामा बस्दै आइरहेका थिए। स्थानीय सूत्रले दिएको जानकारी अनुसार गत तीन दिनदेखि दुष्शासन देखा नपरेपछि छिमेकीहरूले यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर तिनको घरको दैलो भत्काएर भित्र पसेर हेर्दा मृतक अवस्थामा दुष्शासन भेट्टाएको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *