जलपाईगढीमा चियापत्तीको ब्याग तयार गर्ने कारखानामा आगलागी हुँदा 1 करोड रुपियाँको क्षति

जलपाईगढी : जलपाईगढीको पाङ्गा साहेबबारीमा चियापत्तीको ब्याग तयार गर्ने कारखानामा आज बिहान लगभग 5 बजी आगलागी भएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज बिहान कारखानाबाट धुँवा निस्केको देखेपछि स्थानीय मानिसहरूले आगलागीबारे दमकल विभागलाई खबर दिए। घटनाको खबर पाएर दमकलको 3 वटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याए तापनि कारखाना राखिएको सबै समानहरू जलेर खरानी भएको बताइएको छ। उक्त आगलागीमा लगभग 1 करोड रुपियाँको क्षय क्षति भएको कारखानाका मालिक गौतम कुमार दासले बताए। सट सर्किटको कारण उक्त आगलागी भएको हुनसक्ने दमकल कर्मीहरूले प्राथमिक अनुमान लगाएका छन्। घटनाको जाँच शुरू गरेको जलपाईगढी कोतवाली थाना पुलिसले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *