जलपाईगढीमा कोरोना महामारीबीच इन्सेफेलाइटिसको आतङ्क, एकजनाको मृत्यु

जलपाईगढी : कोरोना महामारीबीच जलपाईगढी शहरमा इन्सेफेलाइटिसको आतङ्क देखा परेको छ। अर्कोतिर, इन्सेफेलाइटिसको कारण जलपाईगढीको पान्डापाड़ा निवासी 48 वर्षीय शेखर सरकार नाम गरेको व्यक्तिको मृत्यु भएको छ। हिजो राति शेखर सरकारको मृत्यु भएको थियो भने आज बिहान तिनको घर नजिक बजारमा एउटा सुँगुर मरेको बताइएको छ। यस घटनालाई लिएर इलाकावासीहरूमा आतङ्क फैलिएको छ। जलपाईगढीको पान्डापाड़ा निवासी शेखर सरकार अलिपुरद्वार शिक्षा विभागको कर्मचारी थिए। तिनी गत 40 दिनदेखि बिरामी थिए भने गत 15 दिनदेखि उत्तर बंगाल मेडिकल कलेजमा उपचार अवधि गत अबेर राति तिनको मृत्यु भएको छ। इन्सेफेलाइटिस रोगले पीड़ित भएको कारण नै तिनको मौत भएको बताइएको छ। अर्कोतिर, स्थानीय मानिसहरूले बताएअनुसार शेखर सरकारको घर नजिक कालीबाड़ी बजारमा आज बिहान एउटा सुँगुर मरेको साथै उक्त सुँगुर इन्सेफेलाइटिस बिमारीको वाहक रहेको बताइएको छ। स्थानीय मानिसहरूको भनाइअनुसार उक्त सुँगुर शेखर सरकारको घर नजिक खुल्ला रूपमा चर्ने गरेको साथै यस सम्बन्धमा प्रशासनलाई बारम्बार जानकारी गराए तापनि कुनै कदम नउठाएको तिनीहरूको आरोप रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *