जलपाईगढीमा सीपीएम तथा भाजपा छोडेर 250 जना तृणमूलमा सामेल

जलपाईगढी : जलपाईगढी सदर ब्लकका मोठ 250 जना सदस्यहरू सीपीएम तथा भाजपा पार्टी छोडेर तृणमूल कांग्रेसमा सामेल भएका छन्। आज मण्डलघाट अञ्चल एससीएसटी सेलको तर्फबाट तोड़लपाडामा एउटा कर्मी सभाको आयोजना गरियो। उक्त सभाबीच जलपाईगढी विभानसभाका को-अर्डिनेटर डा. प्रदीप कुमार बर्मा र एससीएसटी सेलका जिल्ला नेतृत्वहरूले मोठ 250 जना नयाँ सदस्यहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। पार्टीमा मोठ 250 जना नयाँ सदस्यहरू सामेल भएकोले गर्दा तृणमूल कांग्रेस अझ बलियो बनेको डा. प्रदीप कुमार बर्माले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *