जलपाईगढीमा दैलोमा भ्याक्सिन कार्यक्रम शुरू

जलपाईगढी : जलपाईगढीमा आजदेखि द्वारे भ्याक्सिन अर्थात् दैलोमा भ्याक्सिन कार्यक्रम शुरू गरियो। जलपाईगढी नगरपालिकाको 1 र 2 नम्बर वार्डबाट उक्त कार्यक्रम आजदेखि शुरू गरियो। जिल्ला स्वास्थ्य विभागको पहलमा नगरपालिका अन्तर्गत पर्ने 25 वटा वार्डमध्ये जलपाईगढी नगरपालिकाको 13 र अन्य 12 वटा वार्डहरूमा दैलोमा भ्याक्सिन कार्यक्रम अन्तर्गत कोरोनाको खोप लगाइनेछ। नगरपालिकाको प्रशासनिक बोर्डका अध्यक्ष पापिया पालले बताएअनुसार हाल उक्त कार्यक्रमअन्तर्गत 60 वर्षका वृद्ध-वृद्धा लगायत दिव्याङ्गहरूलाई कोरोनाको खोप लाइनेछ। आगामी दिनहरूमा सबै वार्डमा टीकाकरणको काम पुरा हुने तिनले बताइन्। हाल मोठ 30 जना मानिसहरूलाई टीकाकरण लगाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *