जलपाईगढीमा दुई दिवसीय शैक्षिक अन्तर्राष्ट्रिय कार्यशालाको आयोजना गरिने

जलपाईगढी : जलपाईगढी आनन्द चन्द्र साइन्स एण्ड आर्ट्स कलेजमा एउटा शैक्षिक अन्तर्राष्ट्रिय कार्यशालाको आयोजना गरिने भएको छ। उक्त कार्यशालामा रचनात्मक अंग्रेजी लेखन सिकाइने साथै कार्यशाला अवधि विभिन्न देशबाट प्रसिद्ध प्रोफेसरहरू उपस्थित रहने बताइएको छ। यसबाहेक बाङ्ग्लादेशका दुईजना प्रोफेसर पनि विद्यार्थीहरूलाई प्रशिक्षण दिनको लागि जलपाईगढी आउने भएका छन्। आनन्द चन्द्र कलेजको चर्चा कक्षमा आज आयोजित एउटा पत्रकार सम्मेलनमा कलेजका अध्यक्ष अब्दुल रज्जाकले यसबारे जानकारी गराए। कलेज अध्यक्षबाहेक अङ्ग्रेजी विभागका प्रोफेसर पनि पत्रकार सम्मेलनमा उपस्थित थिए। उक्त कार्यशाला आगामी 13 14 मार्चमा आयोजित गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *