जलपाईगढीमा दुर्गा पुजा कमिटीहरूसित जिल्ला प्रशासनको बैठक

जलपाईगढी : जलपाईगढी नगरपालिका क्षेत्रका दुर्गा पुजा कमिटीहरूलाई लिएर आज नगरपालिकाको प्रयास हलमा जिल्ला प्रशासनले एउटा बैठक गर्यो। उक्त बैठकमा दुर्गा पुजा कमिटीसित विभिन्न विषयमा चर्चा-परिचर्चा गरियो। यसको साथै कोरोना परिस्थितिलाई ध्यानमा राखेर पुजा कमिटीहरूले दुर्गा पुजाको आयोजना गर्ने जिल्ला प्रशासनले अपील गरेको छ। पुजा कमिटीहरूले खुल्ला पुजा पण्डालको व्यवस्था गर्नुपर्ने, पुजा पण्डालमा माक्स अनि सेनिटाइजरको व्यवस्था गरिनुपर्ने, पुजा उद्घाटन कार्यक्रमामा मानिसहरूको भीड नगर्ने, अनलाइनको माध्यमद्वारा पुजा गर्ने, पुजाको समयमा माइकको माध्यमद्वारा सचेतना प्रचार लगायत अन्य विविध नियमहरूको पालन गर्दै दुर्गा पुजाको आयोजना गर्ने प्रशासनको तर्फबाट निर्देश दिइएको छ। उक्त बैठकमा जलपाईगढी अतिरिक्त पुलिस सुपर सन्दीप मण्डल, डीएसपी हेड क्वार्टर प्रदीप सरकार, डीएसपी ट्राफिक मलय दास, आईसी विपुल सिंह, नगरपालिका चेयरपर्सन पापिया पाल, सदर महकुमाशासक रञ्जन दास, विद्युत तथा दमकल विभागका प्रतिनिधिहरू एवम् अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *