जलपाईगढीमा ‘द्वारे सरकार’ शिविरको उद्घाटन

जलपाईगढी : राज्य सरकारको पहलमा राज्यभरिमै हाल द्वारे सरकार कार्यक्रमको आयोजना शुरू गरिएको छ। पश्चिम बंगाल सरकारले राज्यवासीहरूको घर-दैलोमा लिएर आएको छ केही सरकारी सेवाहरू। उक्त सरकारी सेवाहरूको शिविर आज 1 दिसम्बरदेखि शुरू भएर आगामी 30 जनवरीसम्म चल्ने भएको छ।  यसै क्रममा आज जलपाईगढी जिल्ला प्रशासनको पहल अनि नगरपालिकाको सहयोगमा यहाँको प्रयास हलमा द्वारे  सरकार शिविरको उद्घाटन गरियो।


स्वास्थ्य साथी, अनुसूचि जाति/जनजाति, ओबीसी प्रमाण पत्र, जय जोहार, खाद्य साथी, शिक्षार्थी, ऐक्यश्री, कन्याश्री, रूपश्री, किसान बन्धु, 100 दिनको काम आदिबारे जानकारी दिँदै उक्त शिविरको आज उद्घाटन गरियो। उक्त शिविरमा आज नगरपालिका इलाकाका 1 देखि 12 नम्बर वार्डसम्मका मानिसहरूले यी परिसेवाहरू ग्रहण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *