जलपाईगढ़ीमा गणतन्त्र दिवसको मञ्च तोड़फोड़

जलपाईगढी : जलपाईगढी सहरको 24 नम्बर वार्ड इलाकामा गणतन्त्र दिवस कार्यक्रमको लागि तयार पारिएको मञ्च केही दुष्कृतिहरूले तोडफोड गरिदिएको घटना प्रकाशमा आएको छ। एसजेडीए चेयरम्यान विजयचन्द्र बर्मन, तृणमूल नेता शुभेन्दु बसुलगायत अन्य आज बिहान कार्यक्रम स्थलमा पुग्दा यसबारे थाहा पाएपछि जलपाईगढी कोतवाली थानालाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको बताइएको छ। तृणमूल नेता शुभेन्दु बसुले बताएअनुसार गणतन्त्र दिवस पालन गर्ने उद्देश्य लिएर हिजो नै सबै तयारी गरेको साथै आज बिहान कार्यक्रम स्थलमा पुग्दा मञ्च सबै तोडफोड गरिदिएको बताए। आज 71औ गणतन्त्र दिवसको अवसरमा कार्यक्रम सम्पन्न हुन अघि विजय चन्द्र बर्मनले राष्ट्रिय झण्डा उत्तोलन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *