जलपाईगढीमा हाईकोर्ट सर्किट बेञ्चको जमिनबाट माटो चोरी, पदाधिकारीहरूद्वारा निरीक्षण

जलपाईगढी : जलपाईगढीमा हाईकोर्ट सर्किट बेञ्चको स्थायी जमिनबाट माटो चोरी भएको अभियोग उठेपछि पुलिस प्रशासनको तर्फबाट यसको जाँच शुरू गरेको छ। जलपाईगढी सर्किट बेञ्चका रेजिस्टार तथा जिल्लाशासकले पनि उक्त घटनास्थलको निरीक्षण गरे। प्राप्त जानकारीअनुसार जलपाईगढी सहर संलग्न पाहाडपुरमा कलकत्ता हाईकोर्टको जलपाईगढी सर्किट बेञ्चको 40 एकर जमिन रहेको छ। स्थायी बेञ्च निर्माण गर्नको लागि राज्य सरकारले उक्त जमिन कलकत्ता हाईकोर्टलाई दिएको थियो। उक्त जमिनमा बाउन्डरीको कार्य शुरू भए तापनि लकडाउनको कारण निर्माण कार्य रोकिएको छ। उक्त जमीनबाट माटो चोरी गरेको अभियोग पाएपछि कलकत्ता हाईकोर्टको जलपाईगढी सर्किट बेञ्चका रेजिस्टार सिदार्थ काञ्जिलाल, जिल्लाशासक अभिषेक तिवारी, पुलिसका उच्च अधिकारीहरू लगायत प्रतिनिध दल आज घटनास्थलमा पुगेर निरीक्षण गरेको बताइएको छ। यस विषयमा कलकता हाईकोर्टका प्रधान विचारकलाई अवगत गराउने तिनीहरूले बताए। पुलिसले यसविरुद्ध मामिला दर्ता गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *