जलपाईगढीमा जेलभित्र गाँजा तस्करी गरेको आरोपमा कर्मचारी पक्राउ

जलपाईगढी : जेलभित्र गाँजा तस्करी गरेको आरोपमा जलपाईगढी केन्द्रीय संशोधनगारका एकजना कर्मचारी मोहम्मद मोफिजुद्दीनलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार मोहम्मद मोफिजुद्दीनले धेरै समय अघिदेखि जेलभित्र गाँजाको तस्करी गर्दै आइरहेका थिए। आज दिउँसो जेलका सुरक्षा गार्डलाई तिनलाई रङ्गे हात पक्राउ गरेर जेल प्रबन्धनलाई सुम्पिदिएको छ। यसको साथै आरोपी मोहम्मदबाट 12 प्याकेट गाँजा पनि उद्धार गरेको छ। घटनाबारे जलपाईगढी कोतवाली थानालाई खबर दिएपछि थानाका पुलिस घटनास्थलमा पुगेर उक्त कर्मचारीलाई पक्राउ गर्नको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *