जलपाईगढीमा कुवामा हाम फालेर वृद्धद्वारा आत्महत्या

जलपाईगढी : धेरै दिन अघिदेखि अस्वस्थ्य रहेका एकजना वृद्धले उपचार गरेपछि पनि स्वस्थ नभएपछि हतास भएर आज कुवामा हाम फालेर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। मृतक वृद्ध जलपाईगढीको कृषिबगान इलाका निवासी 75 वर्षीय सुरेन रायको रूपमा चिन्हित गरिएको छ। पारिवारिक सूत्रले दिएको जानकारीअनुसार धेरै दिन अघिदेखि सुरेन राय श्वास कष्ट तथा शारीरिक विभन्न समस्यासित जुझिरहेका थिए। जलपाईगढी सुपर अस्पतालमा तिनलाई 3 पल्ट भर्ना गरेर उपचार गरे तापनि स्वास्थ्यमा कुनै सुधार नभएको साथै आर्थिक रूपमा कमजोर परिवारले तिनको उपचारको खर्च वहन गर्न असमर्थ रहेकोले गर्दा नै उक्त वृद्धले आत्महत्या गरेको हुन सक्ने तिनीहरूले बताए।  शवको पोस्टमार्टमपछि परिवारका सदस्यहरूलाई सुम्पिदिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *