जलपाईगढीमा ‘मां’ परियोजनामार्फत् 5 रुपियाँमा भोजन गर्नेहरूको भीड

जलपाईगढी : राज्य सरकारको मां अर्थात् आमा परियोजनाले जलपाईगढीमा व्यापक सफलता प्राप्त गरेको छ। जलपाईगढी नगरपालिकाको पहलमा गत 15 फरवरीदेखि प्रत्येक दिन आवश्यकमन्द मानिसहरूलाई नगरपालिका परिसरमा शिविर लगाएर भोजन गराइरहेको छ। साधारण मानिसहरूको प्रतिक्रिया र प्रोत्साहनले गर्दा निगमका अधिकारीहरूले भोजन खुवाउने समय सीमा अझ बढाइदिएको छ। राज्य सरकारको यस परियोजना अन्तर्गत मात्र 5 रुपियाँमा भ्यान-रिक्शा चालकहरूबाहेक धेरैजना मानिसहरूलाई भरपेट भोजन उपलब्ध गराइरहेको छ। भोजनमा  भात, दाल, सब्जी लगायत अण्डा सामेल गरिएको छ भने उक्त खाना स्वनिर्भर गोष्ठी समूहको महिलाहरूले बनाउने गर्छिन्। आज रिक्शा-टोटो चालक लगायत इलाकाका गरिब मानिसहरू एवम् नगरपालिकाका अस्थायी श्रमिकहरूले भोजन गरे। जलपाईगढी नगरपालिकाको प्रशासक मण्डलका सदस्य सन्दीप महतोले बताएअनुसार उक्त परियोजनाको शुरूमा 50 जना मानिसहरूको लागि भोजनको व्यवस्था गरिएको थियो भने हाल प्रत्येक दिन 2 सयभन्दा अधिक मानिसहरूको लागि भोजनको व्यवस्था गरिएको छ। यसको साथै भोजनको गुणवत्तामाथि पनि विशेष ध्यान दिइएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *