जलपाईगढीमा मिठाई व्यवसायीहरूलाई लिएर जागरूकता शिविरको आयोजना

जलपाईगढी : जलपाईगढी जिल्ला हेल्थ एन्ड फ्यामिली वेलफेयरले मिठाई व्यवसायीहरूलाई लिएर एउटा जागरूकता शिविरको आयोजना गर्यो। जलपाईगढी सहर लगायत यसको संलग्न इलाकाको मिठाई व्यवसायीहरूलाई लिएर आज उक्त शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा कोरोनाकालमा स्वस्थ ढङ्गमा मिठाई कसरी बेच्नुपर्ने भन्ने विषयमा जानकारी दिँदै तिनीहरूलाई सामाजिक दूरी तथा स्वच्छता नियम अनुसार मिठाई बेच्ने निर्देश दिएको छ।  यस अवसरमा जिल्ला मुख्य स्वास्थ्य अधिकारी रामेन्द्रनाथ प्रमाणिक, डेप्टी सीएमओएच 2 डा. मृदुल घोष लगायत सहरका अन्य साना-ठुला मिठाई व्यवसायीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *