जलपाईगढीमा नदीबाट निखोज व्यक्तिको शव उद्धार

जलपाईगढी : जलपाईगढी भाटाखानाको धरधरा नदीबाट आज निखोज व्यक्तिको मृतदेह उद्धार भएको छ। मृतक व्यक्ति जलपाईगढी 2 नम्बर वार्डको रवीन्द्रनगर निवासी किरणचन्द्र दासको रूपमा चिन्हित गरिएको छ। मृतक परिवार सूत्रले दिएको जानकारीअनुसार किरण चन्द्र हिजोदेखि निखोज रहेका थिए भने परिवारका सदस्यहरूले तिनले विभिन्न ठाउँहरूमा खोजी गरे तापनि कुनै पत्तो लागेन। यसपछि आज बिहान भाटखाना इलाकाको धरधरा नदीबाट तिनको मृतदेह उद्धार भएको छ। पुलिसले घटनास्थलबाट मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *