जलपाईगढीमा नालाबाट शव उद्धार

जलपाईगढी : जलपाईगढीको 7 नम्बर वार्ड स्थित कमर्स कलेज नजिक रहेको नालाबाट एकजना व्यक्तिको शव उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार मृतक व्यक्ति मुर्शिदाबाद निवासी मोहम्मद साई इकबालको रूपमा चिन्हित गरिएको छ। मोहम्मद कामले गर्दा जलपाईगढीमा बस्दै आइरहेका थिए। स्थानीय मानिसहरूले आज बिहान नालामा उक्त व्यक्तिको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर जलपाईगढी कोतवाली पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *