जलपाईगढीमा नशालु ट्याबलेटसहित 3 जना पक्राउ

जलपाईगढी : एसटीएफ तथा कोतवाली पुलिसले संयुक्त अभियान चलाएर अवैध नशालु याबा ट्याबलेटसहित तीनजना युवकलाई पक्राउ गरेपछि आज अदालतमा पेश गर्यो। पक्रा परेकाहरू जफिउद्दीन मियाँ, स्वपन नट्ट र मजीदुल हक सामेल छन्। जफिउद्दीन मियाँ दिनहाटा निवासी, स्वपन नट्ट बेरूबारी निवासी र मजीदुल हक कुचबिहार निवासी हुन्।


प्राप्त जानकारीअनुसार गत राति यी तीनजना युवक बाइकमा सवार भएर नशालु ट्याबलेट लिएर सिलगढीबाट कुचबिहारतर्फ गइरहेको समय रानीनगर इलाकामा एसटीएफ र कोतवाली पुलिसले बाइक रोकेर छानबीन गर्दा लगभग हजारौँ प्रतिबन्धित याबा ट्याबलेट उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *