जलपाईगढीमा निर्माण भइरहेछ 51 फिट अग्लो सरस्वती माताको मूर्ति

जलपाईगढी (निसं): जलपाईगढीमा 51 फिट अग्लो सरस्वती माताको मूर्ति बनाउने काम युद्धस्तरमा चलिरहेको छ। स्टुडेन्ट्स अफ जलपाईगढीको पहलमा गोमस्तापाडामा सरस्वती माताको एउटा विशाल मूर्ति निर्माण गरिरहेको छ।  आयोजकहरूको दावी अनुसार उत्तर बंगालमा यो पहिलोपल्ट यति ठुलो  सरस्वती माताको मूर्ति निर्माण गरिरहेको छ। स्मरण रहोस्, अमेरिकामा सरस्वती माताको 16 फिट स्थायी मूर्ति छ। जलपाईगढीमा पनि यस्तै मूर्ति बनाएर सरस्वती पुजा गर्ने योजना रहेको आयोजकहरूले बताए। सरस्वती माताको मूर्ति हेर्नको लागि अहिलेदेखि नै टाढा-टाढाबाट मानिसहरू आइरहेका छन्। कुम्हाले बिनय पालले बताएअनुसार यसभन्दा पहिला नवापाडा इलाकामा 45 फिट अग्लो काली माताको मूर्ति बनाएको थिए। उक्त कार्यको अत्यधिक सराहना गरिएको थियो। यसपल्ट विद्यार्थीहरूको अनुरोधमा 51 फिट अग्लो सरस्वती माताको मूर्ति बनाइरहेको छु। यो पहिलोपल्ट यति ठुलो मूर्ति बनाइरहेको छु। मूर्ति बनाउने कार्य गरेर निक्कै राम्रो लागिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *