जलपाईगढीमा एनभीएफ कर्मीहरूलाई लिएर बैठक

जलपाईगढी : तृणमूल कांग्रेसको श्रमिक संगठनको तर्फबाट आज जलपाईगढीमा नेशनल भोलिन्टर फोर्स (एनभीएफ)-का कर्मीहरूलाई लिएर एउटा बैठकको आयोजना गरियो। उक्त बैठकमा सांगठनिक वृद्धिबारे आलोचना गर्नको साथै चाँडै एनभीएफ-को तर्फबाट केही गुरूत्वपूर्ण मागहरूलाई लिएर विभागीय कार्यालयमा एउटा ज्ञापन पत्र सुम्पिने निर्णय लिएको बताइएको छ। यस अवसरमा जलपाईगढी जिल्ला अध्यक्ष स्वपन सरकार, जलपाईगढी जिल्लाका कार्यकारी अध्यक्ष तपन दे, टीडीपीडब्ल्युयु नेता मोशारफ हुसेन, टीडीपीडब्ल्युयु नेता हराधन दासलगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *