जलपाईगढीमा पञ्चानन बर्माको 155औँ जन्मजयन्ती पालन

जलपाईगढी : जलपाईगढी राजवंशी समाजका व्यक्तिहरूले आज पञ्चानन बर्माको 155औँ जन्मजयन्ती पालन गर्यो। यस अवसरमा जलपाईगढीको समाजपाडास्थित ठाकुर पञ्चानन बर्माको सालिगमा वकील अजित बर्मन माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। यसपछि एउटा कार्यक्रमको पनि आयोजना गरियो। यस अवसरमा मनीषी पञ्चानन बर्मा स्मारक समितिका अध्यक्ष विजय चन्द्र बर्मन, सचिव निर्मलेन्दु राय, समाजसेवी कृष्ण कुमार कल्याणी, पुर्णप्रभा बर्मन, अजित बर्मन, बाबलु राय, कृष्णेन्दु राय, तपन भट्टाचार्य, सवीन्द्रनाथ रायलगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *