जलपाईगढीमा परिवहन कर्मचारी तथा हकरहरूलाई कोभिड टीकाकरण शुरू

जलपाईगढी : जलपाईगढीमा परिवहन कर्मचारी र हकरहरूलाई कोभिडको खोप लगाउने प्रक्रिया शुरू भएको छ। जलपाईगढीमा आज 18 देखि 44 वर्षका मानिसहरूको लागि कोभिडको टीकाकरण शुरू भएको छ। टीकाकरणको सम्पूर्ण प्रक्रिया जिल्लाशासकको पहल तथा स्वास्थ्य विभागको देखरेख हुने भएको छ।  पञ्जीकृत गरेका मानिसहरूको नाम जिल्लाशासक कार्यालयमा आएपछि मात्र तिनीहरूलाई कोभिडको खोप लगाइने छ। उत्तरबंगको जनस्वास्थ्य विभागका ओएसडी डा. सुशान्त रायले बताएअनुसार हाल 300 जना मानिसहरूलाई मात्र कोभिडको खोप लगाइनेछ भने अनलाइनमार्फत् आफ्नो नाम पञ्जीकरण गर्नु अनिवार्य रहेको छ। जलपाईगढी जिल्ला अस्पतालका प्रशासनिक भवन संलग्न पीपी युनिटमा टीकाकरण कार्य चलिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *