जलपाईगढीमा पेन्सनर्सको ब्याङ्क एकाउन्टबाट हरायो रुपियाँ

जलपाईगढी : जलपाईगढीमा ब्याङ्क एकाउन्टबाट अज्ञात व्यक्तिले रुपियाँ निकालिदिएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार अवकाशप्राप्त विद्युत विभागका अधिकारी मजीबर रहमानको ब्याङ्क एकाउन्टबाट दुई महिनाको पेन्सन 61 हजार रुपियाँ अज्ञात व्यक्तिले निकालिदिएको बताइएको छ। घटनाबारे तिनले जलपाईगढी कोतवाली थानाको साइबर विभागमा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको छ। रहमानले बताएअनुसार तिनको एटीएम कार्ड हराए तापनि पछि भेट्टाएको थियो। घटनाको सटीक जाँच गरिनुपर्ने तिनले माग गरेका छन्। यस प्रकारको घटनाले जलपाईगढी सहरमा ब्याङ्कमा राखेको रुपियाँको सुरक्षा व्यवस्थालाई लिएर ब्याङ्कका उपभोक्ताहरूले प्रश्न चिन्ह खडा गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *