जलपाईगढीमा पुजाको गाइड म्यापको उद्घाटन गरे आईजी विशाल गर्गले

जलपाईगढी : कोरोना महामारीलाई केन्द्र गरेर दुर्गा पुजामा सबैले मुखमा माक्स अनिवार्य रूपमा लगाउनुपर्ने, यदि माक्स किन्न सक्दैनन् भने पुलिसद्वारा माक्स प्रदान गरिने उत्तरबंग पुलिस आईजी विशाल गर्गले बताए। जलपाईगढीको नगरपालिकाको प्रयास हलमा पुजाको गाइड म्यापको उद्घाटन गर्ने क्रममा तिनले यस प्रकारको मन्तव्य व्यक्त गरेका हुन्। यस अवसरमा तिनले पुलिस कर्मीहरूलाई चाइल्ड केयर कार्ड लगायत रेसक्युको सर-समान पनि प्रदान गरे। उद्घाटन कार्यक्रममा जलपाईगढीका रेञ्जर डीआईजी कल्याण मुखोपाध्याय, जलपाईगढी जिल्ला शासक अभिषेक तिवारी, जलपाईगढी जिल्ला पुलिस सुपर प्रदीप कुमार यादव, जलपाईगढी नगरपालिका प्रतिनिधिहरू लगायत सहरका पुजा कमिटीका सदस्यहरू उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *