जलपाईगढीमा सबला मेला शुरू

जलपाईगढी : जलपाईगढीमा सबला मेला शुरू भयो। पश्चिम बंगाल सरकारको स्वनिर्भर समूह र स्वनियुक्ति विभागको पहलमा जलपाईगढी जिल्ला प्रशासनको सहयोगमा खरिया ग्राम पञ्चायत अन्तर्गत दक्षिण पान्डापाड़ा बटतला मैदान परिसरमा उक्त मेलाको आयोजना गरिएको छ। जलपाईगढी जिल्ला परिषद अध्यक्ष उत्तरा बर्मनले हिजो दीप प्रज्ज्वलन गरेर पाँच दिवसीय सबला मेलाको उद्घाटन गरिन्।  यस अवसरमा  एसजेडीए चेयरम्यान विजय चन्द्र बर्मन, सदर पञ्चायत समितिका अध्यक्ष सुचेता कर, जिल्ला परिषदका परिवहन कर्माध्यक्ष नुरजहाँ बेगम, सदर बीडीओ सुमन्त देवनाथ, सबला मेला सांस्कृतिक कमिटीका संयोजक राम चक्रवर्ती लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *