जलपाईगढीमा सड़क दुर्घटनामा दुईजना पुलिसकर्मी घाइते

जलपाईगढी : जलपाईगढीको पोस्ट अफिस मोड़ इलाकामा सड़क दुर्घटनामा दुईजना पुलिसकर्मी घाइते भएका छन्। प्राप्त जानकारीअनुसार आज एकजना पुलिस कन्स्टेबल पुलिस लाइनबाट वाहनमा सवार भएर पोस्ट अफिस मोड़ इलाकातर्फ गइरहेको समय पुलिस लाइनमा कार्यरत अन्य एकजना सब-इन्स्पेक्टर विपरीत दिशाबाट बाइक लिएर आइरहेका थिए। लकडाउनको कारण मोडमा सिग्नल नभएकोले दुवै वाहन आपस्तमा ठोक्किँदा बाइक सवार सब-इन्स्पेक्टर गम्भीर रूपमा घाइते भएका छन् भने वाहनमा सवार पुलिस कन्स्टेबल पनि घाइते भएका छन्। गम्भीर घाइते अवस्थामा सब-इन्स्पेक्टरलाई जलपाईगढी सुपर स्पेसियलिटी अस्पतालमा लगिएको छ भने तिनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *