जलपाईगढीमा साँपले डसेर महिलाको मृत्यु

जलपाईगढी : जलपाईगढीको राहुत बगान इलाकामा साँपले डसेर रूमा भावेल नाम गरेकी एउटी महिलाको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार हिजो साँझ घरमा रूमाले नानीलाई खाना खुवाइरहेको समय दाहिने खुट्टाको औँलीमा टोकेको अनुभव भएपछि तिनले परिवारको सदस्यहरूलाई देखाए। परिवारको सदस्यले एकजना ओझालाई बोलाएर तिनको खुट्टाबाट विष निकाल्ने प्रयास गरे तापनि विफल भएको बताइएको छ। यसपछि परिवारका सदस्यहरूले जलपाईगढी सुपर स्पेसलिटी अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरहरूले तिनलाई मृत घोषणा गरिदिए। जलपाईगढी परिवेश कर्मी विश्वजीत दत्त चौधुरीले उक्त घटना मर्मान्तिक रहेको बताउँदै घटनाको खबर पाएर आफू अस्पतालमा आएर हेर्दा कुनै विषालु साँपको डसेको हुनसक्ने बताए। गत दुई वर्ष अघि पनि उक्त इलाकाको एउटी छात्राको साँपले डसेर मृत्यु भएपछि आफूहरूद्वारा इलाकाका जागरूक अभियान चलाएका थियौँ। तर घटनाको दुई वर्षपछि हिजो साँपले डसेर एउटी महिलाको फेरि मृत्यु भएपछि आफूहरूद्वारा उक्त इलाकामा जागरूकता अभियान चलाउने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *