जलपाइगढीमा सेप्टिक ट्याङकीमा विषालु ग्यास लिक भएपछि दुईजना मजदुरको मृत्यु, दुई अस्वस्थ्य

जलपाइगढी: जलपाइगढीमा एउटा सेप्टिक ट्याङकीमा काम गरिरहेको समय दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ। यसैगरी, अन्य दुई जनालाई गम्भीर हालतमा अस्पतालमा भर्ना गरिएको छ। मृतकहरू अनन्त राय र अलीम मोहम्मदको रूपमा चिन्हित गरिएको छ भने अन्य दुई घाइतेहरू रहीम मोहम्मद र बिपुल राय हुन् भनी थाहा लागेको छ। प्राप्त जानकारी अनुसार जलपाइगढी सदर ब्लक निवासी नारायण रायको घरको सेप्टिक ट्याङकीभित्र काम गरिरहेको समय एकजना मजदुर विषालु ग्यास लिक भएको कारण अस्वस्थ भए। यसपछि अन्य अझ तीनजना मजदुर सेप्टिक ट्याङकीमा काम गर्न पसेपछि तिनीहरू पनि विषालु ग्यास लिक भएकोले सबै बेहोस भए। तथापि तिनीहरू चारैजनालाई सेप्टिक ट्याङकीबाट बाहिर निकालेर जलपाइगढी सुपर स्पेशियलिटी अस्पतालमा लगियो, जहाँ दुईजना मजदुरको मृत्यु भयो। यसवाहेक दुईजना मजदुर हाल चिकित्साधीन अवस्थामा छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *