जलपाईगढी नगरपालिका इलाकामा 6 जना कोरोना संक्रमित

जलपाईगढी : जलपाईगढी नगरपालिका इलाकामा एकजना होमियोपेथिक चिकित्सक लगायत 6 जना मानिसहरू कोरोना संक्रमित भएका छन्। यसलाई लिएर नगरपालिका इलाकामा कोरोना संक्रमितहरूको संख्या बढ़ेर 84 पुगिसकेको छ। कोरोना संक्रमित उक्त चिकित्सक 19 नम्बर वार्डको न्यु टाउनपाड़ा निवासी हुन्। कोरोनालाई लिएर सबै मानिसहरू जागरूक हुनुपर्ने साथै यसलाई लिएर सतर्कता अप्नाउनुपर्ने अनिर्वाय रहेको जलपाईगढी नगरपालिकाको प्रशासक मण्डलीका सदस्य सैकत चट्टोपाध्यायले बताए। कोभिड अस्पतालमा संक्रमितहरूको उपचार भइरहे तापनि यसबारे केही मानिसहरू राजनीति गरिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *