जलपाईगढी नगरपालिकाको आयोजनामा म्याराथन दौड़ हुने

जलपाईगढी : जलपाईगढी नगरपालिकाको तत्वावधानमा म्याराथन दौडको आयोजना गरिने भएको छ। नगरपाल मोहन बोसले आज एउटा पत्रकार सम्मेलनको माध्यमद्वारा आगामी 28 जनवरीको नगरपालिका अघि उक्त म्याराथन दौड प्रतियोगिता शुरू गरेर यहाँको विभिन्न इलाकाहरूको परिक्रमा गरेर पुनः शुरू गरिएको ठाउँमा पुगेर समापन गरिनेछ। उक्त म्याराथान दौड प्रतियोगितामा पहिलो हुनेलाई 1 लाख रुपियाँ, दोस्रोलाई 75 हजार अनि तेस्रोलाई 50 हजार रुपियाँ पुरस्कार दिइने भएको छ। उक्त प्रतियोगितामा 24 वटा राज्यका धावकहरूले अंश ग्रहण गर्ने भएका छन्। यसको अतिरिक्त केनिया, भुटान र नेपालबाट पनि धावकहरूले अंश ग्रहण गर्ने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *