जलपाईगढी रामकृष्ण मिशन आश्रममा स्वामी विवेकानन्दको जन्मजयन्ती पालन

जलपाईगढी : जलपाईगढी रामकृष्ण मिशन आश्रममा स्वामी विवेकानन्दको जन्मजयन्ती पालन गरियो। उक्त आश्रमका सदस्यहरूले आज स्वामी विवेकानन्दको सालिगमा माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पित गरे। यस अवसरमा आश्रममा झण्डा उत्तोलन गर्नको साथै वैदिक मन्त्र उच्चारण, विवेकानन्द प्रणाम, विवेक गीत प्रस्तुत गर्नको साथै स्वामी जितोमहानन्द, डाक्टर समीर कुमार दासगुप्ता, राम कृष्ण मिसन आश्रमका सदस्य देव कुमार घोषले विवेकानन्दको जीवनीबारे सबैलाई अवगत गराए। उक्त आश्रमका भारप्राप्त महाराज स्वामी जितोमहानन्दले बताएअनुसार कोरोना प्रोटोकललाई ध्यानमा राखेर सामाजिक दूरी पालन गर्दै स्वामी विवेकानन्दको जन्मजयन्ती पालन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *