जलपाईगढी : जलपाईगढी सदर अस्पतालमा कोरोना भ्याक्सिनलाई लिएर मतदानकर्मीहरूले अव्यवस्थाको आरोप लगाएको छ। कोरोना भ्याक्सिनको खोप लगाउनको लागि आज बिहान सबै मतदानकर्मीहरू जलपाईगढी सदर अस्पताल पुगेका थिए। अस्पतालमा बिहानैदेखि सर्भरले काम नगरेको साथै सर्भर ठिक भएपछि अस्पताल परिसरमा मतदानकर्मीहरूको निक्कै भीड एकत्रित भएकोले सबैलाई घाममा धेरैबेरसम्म उभिन परेपछि तिनीहरूले क्षोभ प्रकट गर्दै विरोध प्रदर्शन गरे। अझ केही सेन्टर बनाउनु आवश्यक रहेको तिनीहरूले बताए। घटनाको खबर पाएर राज्य सरकारको विशेष प्रभारी अधिकारी डा. सुशान्त राय भ्याक्सिन केन्द्रमा पुगेर त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मचारीहरूसित कुराकानी गरे। यसको साथै मतदानकर्मीहरूसित कुराकानी गरेर समस्याको समाधान गर्ने प्रयास गरे। डा. सुशान्त रायले सर्भरको समस्याको कारण केही समस्या रहे तापनि हाल समाधान भएको बताउँदै भोलिदेखि यहाँ पिउने पानीको पर्याप्त व्यवस्था साथै पोलेथिनको सेड लगाउने निर्देश दिए।
जलपाईगढी सदर अस्पतालमा कोरोना भ्याक्सिन टीकाकरण अवधि अव्यवस्थित रहेको आरोप

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
