जलपाईगढी सदर अस्पतालमा कोरोना भ्याक्सिन टीकाकरण अवधि अव्यवस्थित रहेको आरोप

जलपाईगढी : जलपाईगढी सदर अस्पतालमा कोरोना भ्याक्सिनलाई लिएर मतदानकर्मीहरूले अव्यवस्थाको आरोप लगाएको छ। कोरोना भ्याक्सिनको खोप लगाउनको लागि आज बिहान सबै मतदानकर्मीहरू जलपाईगढी सदर अस्पताल पुगेका थिए। अस्पतालमा बिहानैदेखि सर्भरले काम नगरेको साथै सर्भर ठिक भएपछि अस्पताल परिसरमा मतदानकर्मीहरूको निक्कै भीड एकत्रित भएकोले सबैलाई घाममा धेरैबेरसम्म उभिन परेपछि तिनीहरूले क्षोभ प्रकट गर्दै विरोध प्रदर्शन गरे। अझ केही सेन्टर बनाउनु आवश्यक रहेको तिनीहरूले बताए। घटनाको खबर पाएर राज्य सरकारको विशेष प्रभारी अधिकारी डा. सुशान्त राय भ्याक्सिन केन्द्रमा पुगेर त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मचारीहरूसित कुराकानी गरे। यसको साथै मतदानकर्मीहरूसित कुराकानी गरेर समस्याको समाधान गर्ने प्रयास गरे। डा. सुशान्त रायले सर्भरको समस्याको कारण केही समस्या रहे तापनि हाल समाधान भएको बताउँदै भोलिदेखि यहाँ पिउने पानीको पर्याप्त व्यवस्था साथै पोलेथिनको सेड लगाउने निर्देश दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *