जलपाईगढी संशोधनगारमा महिला कैदीको झुण्डिएको अवस्थामा शव उद्धार

जलपाईगढी : जलपाईगढी केन्द्रीय संशोधनगारबाट 48 वर्षीय अफिजा खातुन नाम गरेको महिला कैदीको झुण्डिरहेको शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार गत  6 जुनको दिन इन्दिरा कोलनीमा अढाई वर्षीय शिशुको हत्याको आरोपमा पुलिसले उक्त महिलालाई पक्राउ गरेको थियो। पुलिसले आरोपी महिलालाई अदालतमा पेश गरेपछि पुलिस रिमान्डमा लिएको साथै रिमान्डपछि जलपाईगढी अदालतले 10 जुनको दिन उक्त महिलालाई जेल हिरासतमा लिने निर्देश दिएको थियो। अफिजा खातुनले हिजो राति एउटा विशेष सेलमा आफ्नो तौलियाको सहायताले घाँटीमा पासो लगाएर आत्महत्या गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *